BIZMANDU
www.bizmandu.com

लिभिङ रुम यसरी सजाउनुस्, पैसा र समयको हुनेछ बचत, सानो कोठामा कस्तो सोफा राख्ने?

२०७५ कात्तिक ३

लिभिङ रुम यसरी सजाउनुस्, पैसा र समयको हुनेछ बचत, सानो कोठामा कस्तो सोफा राख्ने?
लिभिङ रुम यसरी सजाउनुस्, पैसा र समयको हुनेछ बचत, सानो कोठामा कस्तो सोफा राख्ने?


घरमा आरामका लागि मात्र होइन, पारिवारिक होस् वा इष्टमित्र तथा साथीभाइसँग जमघट गर्न पनि लिभिङ रूम बनाइएको हुन्छ । चाडपर्वको बेला लिभिङ रूमको महत्व अझ धेरै हुन्छ । यसैले यो सोसलाइजेशन स्पेसलाई घरका अन्य भागभन्दा आकर्षक तरिकाले सजाउने गरिन्छ ।

Tata
GBIME
Nepal Life

कतिपय घरमा मुल ढोकासँगै लिभिङ रूम बनाइको हुन्छ, जसलाई आकर्षक बनाउन सके पूरै घरको इन्टेरियर डिजाइनको भाव यो कोठाले प्रस्तुत गर्न सक्छ । तसर्थ, लिभिङ रूमको डिजाइनमा अलि बढी नै ध्यान दिएको राम्रो ।

लिभिङ रूम कसरी सजाउने भन्ने त्यसको आकार र डिजाइनले निर्धारण गर्छ । तर, परिवार सदस्य संख्या र बजेटलाई पनि ध्यान दिएर यसको सजावट योजना बनाउनुपर्छ । लिभिङ रूमलाई क्लासिकल वा मोडर्न दुवै तरिकाले डिजाइन गर्न सकिन्छ । यद्यपि, मोडर्न डिजाइनको प्रयोग पछिल्ला दिनमा बढेको छ ।

आधुनिक डिजाइनअनुसार, फर्निचर र अरू डिजाइनका सामग्री जतिसक्दो कम जतिसक्दो कम प्रयोग गरिन्छ । लिभिङ स्पेस कम गरी सर्कुलेशन एरिया बढाउनु नै मोडर्न डिजाइनको अवधारणा हो । अचेल सकभर सोहीअनुसार लिभिङ रूम सजाउने चलन छ ।

बैठक कोठामा थोरै स्पेश भए दुई वा तीन सीटको सोफा राख्न सकिन्छ । त्यससँगै टीभी क्याबिनेट, सेन्टर टेबल र साइड कन्सोल टेबल राखेर कोठाको शोभा बढाउन सकिन्छ ।

फल्स सिलिङ हाल्दा लिभिङ रूम अझ सुन्दर देखिन्छ । सानो कोठाको सिलिङमा हेभी डिजाइन गर्न मिल्दैन । सरल डिजाइन नै राम्रो देखिन्छ । सिलिङको डिजाइन राम्रो देखाउनको लागि सानो झुमर र  सिलिङ लाइट राख्न सकिन्छ । भुइँमा कार्पेट वा पार्केटिङ हुुनुपर्छ ।

लिभिङ रूममा एकै खालको रङ छान्नु राम्रो । फर्निचरको रङ पनि एकै खालको हुँदा कोठा आकर्षक देखिन्छ । फर्निचर र वालको रङ भने ‘सिमेट्रिकल’ हुनुपर्छ । कोठा र फर्निचरको रङ एउटै भयो भने राम्रो देखिँदैन ।

लिभिङ रूममा अत्यावश्यक वस्तुहरू के–के हुन सक्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । जस्तैस् सेन्टर टेबल, साइड टेबल, टीभी क्याबिनेट आदि । अहिले त धेरैजसो लिभिङ रूममा टीभी नै राखिँदैन, फेमिली रूममा राख्न थालिएको छ । कोठाको सानो छ भने टीभीलाई भित्तामा राख्दा कोठाको स्पेस बढ्छ ।

परिवार मात्रै बस्ने लिभिङ रूममा एल आकारको सोफा, फ्रेब्रिक सोफाजस्ता साना आकारका सोफा बढी प्रयोग गर्नु राम्रो मानिन्छ । यसबाहेक वाल क्याबिनेट, साइड टेबलजस्ता कुराले पनि कोठामा सुन्दरता थप्छन् ।

एल आकारको फ्रेब्रिक सोझा राख्दा न्यूनतम एक लाखदेखि एक लाख पच्चिस हजार रुपैयाँसम्म पर्ने फर्निचर ल्याण्डका प्रबन्ध निर्देशक सौरभ जोशीले बताए । त्यस्तै, रेसिनबाट निर्मित कस्टुमाइज सोफा राख्ने हो भने त्यसको लागि कम्तीमा ७५ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।

लिभिङ रुम डिजाइन गर्दा कोठा डिजाइन को सुन्दरता मात्रै नभएर त्यो कत्तिको सहज र उपयोगमैत्री छ भन्ने महत्वपूर्ण हुन्छ । सकेसम्म धेरै खुला ठाउँ निस्कने गरी गरिएको डिजाइनलाई राम्रो मानिन्छ ।

डिजाइनर होम नेपाल प्रालिका डिजाइनर सुरज शाहीका अनुसार, करिब २०० स्क्वायर फिटको लिभिङ रूमलाई एकदमै न्यून बजेटमा राम्ररी डिजाइन गर्दा ४ देखि ५ लाख रुपैयाँ खर्च लाग्छ ।

‘कस्तो गुणस्तरको सामग्री प्रयोग गर्ने भन्ने कुराले लिभिङ रूमको डिजाइन खर्च तय हुन्छ’, उनी भन्छन्, ‘धेरै सामान राखेर मात्रै पनि लिभिङ रूम आकर्षक हुँदैन । भएका सामग्रीलाई व्यवस्थित गर्न सक्दा मात्रै पनि लिभिङ रूमको सजावट सुन्दर देखिन्छ ।’

जोशीका अनुसार, लिभिङ रूममा फेब्रिक सोफा, कफी टेबल, टीभी ¥याक, साइड टेबल जस्ता सामग्री राख्दा कम्तीमा दुईदेखि साढे दुई रुपैयाँ लाग्छ । लभिङ रूममा राख्ने फर्निचर स्वेदेशीभन्दा आयातितको फिनिसिङ राम्रो देखिने उनको अनुभव छ ।

– प्रोपर्टी मासिकबाट