BIZMANDU
www.bizmandu.com

दसैं अघिको अन्तिम कारोबार ‘रातो अक्षता’ लगाएर बन्द भयो शेयर बजार, लगानीकर्ता निष्कृय 

२०७५ असोज २९

दसैं अघिको अन्तिम कारोबार ‘रातो अक्षता’ लगाएर बन्द भयो शेयर बजार, लगानीकर्ता निष्कृय 
दसैं अघिको अन्तिम कारोबार ‘रातो अक्षता’ लगाएर बन्द भयो शेयर बजार, लगानीकर्ता निष्कृय 

काठमाडौं। तीन दिनदेखि लगातार बढेको शेयर बजार चौथो दिन गिरावट देखिएको छ। दसैंअघिको अन्तिम कारोबार दिन शेयर बजार रातो भएर बन्द भएको छ। 

Tata
GBIME
Nepal Life

बजार ०.८० अंकले घटेर १२४१.६३ अंकमा झरेको छ। बजार १२४२ अंकबाट सुरु भएको थियो। कारोबारको सुरुदेखि नै उकालो लागेको बजारले एक बजेसम्ममा चार अंक उक्लदै १२४६ अंक भेट्टाएको थियो। त्यसपछि लगातार दोस्रो घण्टा घटेको बजारले दुई बजे एक अंक गुमाउदै १२४१ अंक छोएको थियो। तर कारोबारको अन्तिम घण्टासम्मै बजारले बृद्धि कायम गर्ने प्रयत्न गरेपनि अन्तिम पाँच मिनेटमा बजार सामान्य घटेर बन्द भएको हो।   

दिनभरीमा १५२ कम्पनीका १४ लाख ६४ हजार कित्ता शेयर ३३ करोड ५८ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढि प्रभु बैकको दुई करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

बजारमा लगानीकर्ताको उपस्थिति न्यून हुँदा सामान्य घटेको लगानीकर्ता मदन दाहालले बताए। अन्य कारोबार दिनभन्दा सोमबर ब्रोकर कार्यालयमा लगानीकर्ताको उपस्थिति न्युन रहेको थियो। 

उपसूचक मिस्रित देखिएको छ। १० समूहको कारोबारमा पाँच समूह घटेको छ भने पाँचै समूह बढेका छन्। सबैभन्दा बढी उत्पादनमुलक समूह १.१ प्रतिशतले बढेको छ भने अन्य समूह ०.६८ प्रतिशतले घटेको छ। 

सबैभन्दा बढी एनआईबिएल समृद्धि फण्ड १ का शेयरधनीले करिब आठ प्रतिशत कमाए भने नेशनल हाईड्रो पावर कम्पनीका शेयरधनीले करिब चार प्रतिशत कमाए।