BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंकले कालिकोटकी छात्रालाई दियो पाँच हजार, पढ्नलाई सहयोग

२०७५ असोज २९

महालक्ष्मी विकास बैंकले कालिकोटकी छात्रालाई दियो पाँच हजार, पढ्नलाई सहयोग
महालक्ष्मी विकास बैंकले कालिकोटकी छात्रालाई दियो पाँच हजार, पढ्नलाई सहयोग

काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। 

Tata
GBIME
Nepal Life

यसैलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले तिलागुफा ९, कालिकोट, कर्णाली घर भई हाल काठमाडौंको मीनभवन स्थित विनायक सुधा निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सुश्री प्रशंसा ढकाललाई छात्रवृति  प्रदान गरेको छ। विपन्न परिवारमा हुर्किएकी ढकाल अत्यन्त लगनशील तथा जेहेन्दार छात्रा रहेको विज्ञप्तिमा उल्लेख छ।
 
कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटद्वारा राष्ट्रिय नाचघर जमल, काठमाडौँमा आयोजित एक कार्यक्रमका छात्रवृति स्वरुप नगद पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। 

पूर्व परराष्ट्र मन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यमा बैंकले ढकालको उच्च शिक्षा हाँसिल गर्न सघाउ पु¥याउन छात्रवृति प्रदान गरेको हो।