BIZMANDU
www.bizmandu.com

रुरु जलविद्युत परियोजनाले पायो औषत रेटिङ, ८ करोड १५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने

२०७५ असोज २९

रुरु जलविद्युत परियोजनाले पायो औषत रेटिङ, ८ करोड १५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने
रुरु जलविद्युत परियोजनाले पायो औषत रेटिङ, ८ करोड १५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने

काठमाडौं। प्राथमिक शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको रुरु जलविद्युत परियोजनाले आइपिओको क्रेडिट रेटिङ गराएको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा कम्पनीले औषत रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ४ प्लस’ पाएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले ८ करोड १५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि क्रेडिट रेटिङ गरेको हो। पहिलो चरणमा प्रभावित क्षेत्रका वासिन्दाको लागि ४ करोड १७ लाख रुपैयाँको आइपिओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा असोज ११ गते निवेदन दिएको थियो। 

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशनपछि सर्वसाधारणको लागि पनि ४ करोड ७ लाख रुपैयाँको आइपिओ निष्काशन गर्नेछ। ५ मेगावाट क्षमताको अपर हुग्दी खोला हाइड्रोपावर प्रोजेक्टको  प्रतिमेगावाट लागत १४ करोड ९० लाख रुपैयाँ रहेको छ। अन्य निजी स्तरबाट निर्माण भएका आयोजनाको तुलनामा यसको खर्च तुलनात्मक रुपमा कम हो। 

सुरुमा २.६ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको भए पनि पछि क्षमता बढाएको हो।

आयोजनाको जम्मा लागत ७४ करोड ५० लाख रुपैयाँ रहेको छ। यसमा ६३ प्रतिशत ऋण र ३७ प्रतिशत शेयर पूँजी रहेको छ। सन् २०१५ देखि नै व्यावसायिक उत्पादन सुरु गरिसकेको कम्पनीले गत वर्ष तीन करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीले आयोजना निर्माणका लागि लिएको ३९ करोड ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ। 

कम्पनीको प्रमुख प्रबर्द्धकमा भरतप्रसाद नेपाल (१५ प्रतिशत शेयर), शुभकर्म इन्भेष्टमेन्ट कम्पनी (१२ प्रतिशत), समुचित इन्भेष्टमेन्ट कम्पनी (११ प्रतिशत) लगायतका छन्। कम्पनीले आइपिओ निष्काशन गरेसँगै संस्थापक तर्फ ८० र सर्वसाधारण तर्फ २० प्रतिशतको शेयर पूँजी हुनेछ।