BIZMANDU
www.bizmandu.com

दशैं बिदामा पनि बैंकहरुले मूख्य शाखाहरु चालु राख्ने, पैसा राख्ने र झिक्ने मात्र सुविधा

२०७५ असोज २९

दशैं बिदामा पनि बैंकहरुले मूख्य शाखाहरु चालु राख्ने, पैसा राख्ने र झिक्ने मात्र सुविधा
दशैं बिदामा पनि बैंकहरुले मूख्य शाखाहरु चालु राख्ने, पैसा राख्ने र झिक्ने मात्र सुविधा

काठमाडौं। दशैं बिदा सुरु भएपछि पनि बैंकहरु भने खुल्ला रहने भएको छ। ग्राहकहरुको सुविधालार्इ ध्यान दिँदै बैंकहरुले बिदाको दिन पनि निष्चित समय बैंक खोल्ने भएका हुन्।

Tata
GBIME
Nepal Life

बैंकहरुले महत्वपुर्ण स्थानहरुमा सिमित बैंकिङ सुविधा प्रदान गर्ने छन्। बिदाको दिन खुल्ला हुने शाखाबाट नगद झिक्ने र राख्ने सेवा मात्र पाइन्छ। एउटा बैंकको चेक अर्कोमा जम्मा गराएमा भने क्लियरिङ हुँदैन। 

सरकारले दशैंको उपलक्ष्यमा असोज ३० गते फुलपातीदेखि कात्तिक ३ गते एकादशीको दिनसम्म बिदा दिएको छ। कात्तिक ३ गते शनिबार भए पनि बैंकहरुले काउन्टर खुला गर्ने भएका छन्। 

नबिल, प्रभु बैंक, सानिमा, सेञ्चुरी, सनराइज, हिमालयन, जनता, माछपुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट, नेपाल बंगलादेश बैंक, एनएमबी बैंक, एनआर्इसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड र सिद्धार्थलगायतले सीमित कारोबार खुला गर्ने सार्बजनिक सुचना नै जारिगरिसकेका छन्। 

बैंकहरुले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निष्चित शाखा तथा बैंकिङ कार्यालय खुला गर्न लागेका हुन्। अधिकांस बैंकहरुको राजधानीको न्यूरोड, पुतलीशडक, बानेश्वर, पुल्चोक, गंगबु, सूर्यविनायक, विराटनगर, हेटौंडा, सुर्खेत, विर्तामोड, बीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज, नारायणघाट, धनगढी, बागलुङ, दमक, धरान, लाहानलगायतका शाखाहरु खुल्ने छन्।  अधिकांस ठाउँका एटिएम बुथ भने खुला रहने छन्।