BIZMANDU
www.bizmandu.com

टाटा हिटाचीको वितरक सिप्रदी अर्थमुभर्सको शाखा पोखरामा, अझै सेवा बिस्तार गर्ने

२०७५ असोज २८

टाटा हिटाचीको वितरक सिप्रदी अर्थमुभर्सको शाखा पोखरामा, अझै सेवा बिस्तार गर्ने
टाटा हिटाचीको वितरक सिप्रदी अर्थमुभर्सको शाखा पोखरामा, अझै सेवा बिस्तार गर्ने

काठमाडौं। नेपालका लागि टाटा हिटाचीको एक मात्र आधिकारिक बितरक सिप्रदी अर्थमुभर्स प्रालिले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

शाखा र्कायालयको उद्घाटनमा सिप्रदी ट्रेडिङका प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरि, सिप्रदी अर्थमुभर्स प्रालिका उप महाप्रबन्धक राजेन्द्र कार्की, टाटा हिटाचीका अन्तराष्ट्रिय व्यवसाय निर्यात प्रमुख जयकारा कलमाडी तथा हेभी इक्युमेन्ट महासंघ नेपालका अध्यक्ष ताराबहादुर कुँवर उपस्थित थिए। 

कार्यक्रममा बोल्दै सिप्रदीका प्रमुख संचालन अधिकृत गिरिले ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्न आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय खोलि बिक्रि पश्चातको सेवा अझ प्रभावकारी तथा परिष्कृत गर्दै लैजाने बताए। 

कार्यक्रममा विभिन्न निर्माण व्यवसायी, क्षेत्रिय हेभी इक्युमेन्ट संघका पदाधिकारीहरु र क्रसर व्यवसायी संघको उपस्थिति रहेको थियो। सिप्रदी अर्थमुभर्स प्रालिले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको बिभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ।