BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकले एकै पटक ६ वटा एटिएम सञ्चालनमा ल्यायो, ९ लाख ग्राहक

२०७५ असोज २८

इन्भेष्टमेन्ट बैंकले एकै पटक ६ वटा एटिएम सञ्चालनमा ल्यायो, ९ लाख ग्राहक
इन्भेष्टमेन्ट बैंकले एकै पटक ६ वटा एटिएम सञ्चालनमा ल्यायो, ९ लाख ग्राहक

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

काठमाडौको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडि, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्छे एक्सटेन्सन काउन्टर  तथा सर्लाहीको बरहथवा शाखामा सेवा थप गरिएको हो। 

स्थानीय जनतालाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको विज्ञप्तिमा उल्लेख छ। यीसँगै बैंकको एटिएम संख्या १०७ पुगेको छ। 

नौ लाखभन्दा बढी ग्राहक रहेको बैंकको ७७ वटा शाखा छन्। ६० वटा शाखारहित बैंकिङ सेवा केन्द्र र ९ वटा राजश्व संकलन केन्द्र छन्।