BIZMANDU
www.bizmandu.com

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एजिएम सकियो, पूँजी एक अर्ब ६२ करोड

२०७५ असोज २८

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एजिएम सकियो, पूँजी एक अर्ब ६२ करोड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एजिएम सकियो, पूँजी एक अर्ब ६२ करोड

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १०औं बार्षिक साधारण सभाले लाभांस पारित गरेको छ। 

Tata
GBIME
Nepal Life

सभाले १७.७० प्रतिशत बोनस शेयर र ०.९३ प्रतिशत नगद लाभांस पारित गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए। उनले बैंकको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

बोनश शेयर वितरणपछि बैंकको चुक्ता पूँजी १ अर्व ६२ करोड पुगेको छ। बैंकले सिद्धार्थनगर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयको रुपमा सम्मान गरेको छ। 

दश जिल्ला कार्यक्षेत्र रहेको बैंकको हाल निक्षेप परिचालन १५ अर्व, कर्जा लगानी १३ अर्व ४५ करोड रहेको छ। बैंकका ३७ कार्यालय छन्।