BIZMANDU
www.bizmandu.com

जनता बैंकले हुम्लाका तीन गाउँपालिका शाखा खोल्यो, सबै सेवा उपलब्ध गराउने

२०७५ असोज २८

जनता बैंकले हुम्लाका तीन गाउँपालिका शाखा खोल्यो, सबै सेवा उपलब्ध गराउने
जनता बैंकले हुम्लाका तीन गाउँपालिका शाखा खोल्यो, सबै सेवा उपलब्ध गराउने

काठमाडौं। जनता बैंकले कर्णाली प्रदेशस्थिते हुम्लाको तीन वटा गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले अदानचुली, चंखेली र ताजाकोट गाउँपालिकामा शाखा खोलेको हो। अन्य शाखाहरु जस्तै यि शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।

उच्च पहाडी तथा हिमाली  क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यि शाखाहरु महत्वपूर्ण हुने बैंकले जनाएको छ। हालसम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ। 

बैंकको देशभरीमा शाखा सञ्जाल १२६ पुगेको छ। बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।