BIZMANDU
www.bizmandu.com

नेपाल वायुसेवा निगमको पाँचवटा साना जहाज उड्न तयार, चार गन्तब्यमा उडान सुरु


नेपाल वायुसेवा निगमको पाँचवटा साना जहाज उड्न तयार, चार गन्तब्यमा उडान सुरु
नेपाल वायुसेवा निगमको पाँचवटा साना जहाज उड्न तयार, चार गन्तब्यमा उडान सुरु


काठमाडौं। नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले बिहीबारबाट व्यवसायिक उडान सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

चिनियाँ जहाजले पछिल्लो समयमा दाङ, डोल्पा, सिमिकोट र  लुक्ला लगायतका गन्तब्यमा उडान सुरु गरिसकेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।जहाजले शुक्रबार विहान दाङ उडान गरिसकेको उनले बताए। उनका अनुसार  काठमाडौं-दाङको उडान शुल्क छ हजार ७० रुपैयाँ रहेको छ भने दाङ-काठमाडौं उडान शुल्क पाँच हजार आठसय ८० रुपैयाँ रहेको छ।

निगमको जहाजबाट नेपालगञ्ज-डोल्पाको टिकट दर पाँच हजार तीन सय ७५ रुपैयाँ  र नेपालगञ्ज-सिमिकोटको टिकट दर सात हजार दुई सय ९० रुपैयाँ रहेको उनले जानकारी दिए।    'हामीले दशैं अगाडी पाँचवटा जहाज तयार गरी विभिन्न स्टोल (दुर्गम) क्षेत्रमा उडान भर्ने योजना बनाएका थियौँ। हाल चिनियाँ जहाज मध्ये दुईवटा वाइ १७ सिटे र ५८ सिटे एमए ६० र दुईवटा १९ सिटे ट्विन अटरले उडान सुरु गरिसकेको छ।' प्रवक्ता सिग्देलले बिजमाण्डूसँग भने।

निगमको चिनियाँ जहाजले केहि दिन अगाडी बझाङमा परिक्षण उडान गरिसकेको छ। आन्तरिक उडानका लागि भएका जहाज सक्दो छिटो पाएको रुटमा संचालन गर्ने उनले बताए।निगमसँग भएको साना जहाजले  फाप्लु, ताप्लेजुङ, रुकुम, भोजपुर, सिमिकोट लगायतका विकट गन्तब्यमा उडान गर्दै आएको छ।