BIZMANDU
www.bizmandu.com

उतारचढावपूर्ण बजार अन्तिम सेकेन्डमा हरियो, ०.४० अंकले बढेर १२१८.३३ अंकमा उक्लियो बजार सूचक

२०७५ असोज २४

उतारचढावपूर्ण बजार अन्तिम सेकेन्डमा हरियो, ०.४० अंकले बढेर १२१८.३३ अंकमा उक्लियो बजार सूचक
उतारचढावपूर्ण बजार अन्तिम सेकेन्डमा हरियो, ०.४० अंकले बढेर १२१८.३३ अंकमा उक्लियो बजार सूचक

काठमाडौं। कारोबार अवधिभर उतारचढावपूर्ण रहेको शेयर बजार अन्तिममा सामान्य वृद्धिसँगै बन्द भएको छ। बुधबार नेप्से सूचक ०.४० अंकले बढेर १२१८.३३ अंकमा उक्लिएको छ। 

Tata
GBIME
Nepal Life

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले बढेर २५८.१९ अंकमा पुगेको छ। मंगलबार शेयर बजार मापक सूचक २.५९ अंकले घटेको थियो। अघिल्लो चार कारोबार दिन निरन्तर घटेको बजारमा सोमबार सूधार देखिएको थियो।

बडा दशैंको माहोलमा लगानीकर्ता अलमलिँदा शेयर बजार स्थिर देखिएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए। बुधबार नियमित भन्दा ब्रोकर कार्यालयमा लगानीकर्ताको उपस्थिति न्यून थियो। जसले बजारलाइ समेत प्रभावित पारेको रौनियारको भनाइ छ। 

यसैगरि अघिल्ला वर्षहरुमा घटस्थापनाका दिन सरकारले बिदा दिने गरेको थियो। तर यस वर्ष बिदा नहुँदा केहि लगानीकर्ता अलमलमा समेत परेको रौनियारको भनाइ छ। बुधबार गरिएको शेयर कारोबारको राफसाफ दशैं अघि सहजै नहुने भएकोलेपनि लगानीकर्ताले खरिद बिक्री कम गरेको रौनियारको ठहर छ।

बुधबार १६२ कम्पनीका आठ लाख ५६ हजार कित्ता शेयर २२ करोड ६५ लाख रुपैयाँमा कारोबार भयो। मंगलबार ३४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो। बुधबार कारोबार रकम १२ करोड रुपैयाँ कम हो। बुधबार सबैभन्दा बढि सानिमामाई हाइड्रोपावर कम्पनीको तीन करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो। 

११ समूहको कारोबारमा नौ उपसूचक घटेका छन् भने दुइ समूह बढेका छन्। सबैभन्दा बढी जलविद्युत क्षेत्रमा ०.४१ प्रतिशतको गिरावट देखिएको छ भने उत्पादन मूलक समूह ०.२६ प्रतिशतले बढेको छ। मेगा बैकका शेयरधनीले  सबैभन्दा बढी करिब चार प्रतिशत कमाए। सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीले सबैभन्दा बढि ६ प्रतिशत गुमाए।