BIZMANDU
www.bizmandu.com

सुजुकी गाडी बिक्री गर्ने सिजी मोटोकर्पले पायो पाँच अवार्ड, बजार हिस्सा र बिक्रीमा उत्कृष्ट

२०७५ असोज २१

सुजुकी गाडी बिक्री गर्ने सिजी मोटोकर्पले पायो पाँच अवार्ड, बजार हिस्सा र बिक्रीमा उत्कृष्ट
सुजुकी गाडी बिक्री गर्ने सिजी मोटोकर्पले पायो पाँच अवार्ड, बजार हिस्सा र बिक्रीमा उत्कृष्ट


काठमाडौं। सुजुकी गाडीको नेपालको अधिकृत विक्रेता सिजी मोटोकर्पले पाँच वटा उत्कृष्ट अवार्ड पाएको छ। कम्पनीले दक्षिण एशियामा धेरै पार्ट्स बिक्री, धेरै मर्मत अर्डर, धेरै नेटवर्क विस्तारको अवार्ड पाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले धेरै बजार शेयर र धेरै बिक्री गर्ने कम्पनीको दोस्रो स्थानको अवार्ड पाएको छ। नयाँ दिल्लीमा आयोजना भएको यो अवार्डमा अफ्रिका, मध्यपूर्व र दक्षिण एशियाका ६० भन्दा बढी सुजुकी कार बिक्रेताहरु छनोट भएका थिए। सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले सबै अवार्डको हकदार ग्राहक भएको बताउँदै सबै अवार्ड ग्राहकप्रति समर्पण गर्ने बताए।

'हामी यो अवार्ड मूल्यवान् ग्राहकवर्गलाई समर्पण गर्न चाहन्छौँ जसले सुजुकी ब्राण्डलाई उनीहरुको जीवनको सदस्यको रुपमा रोज्नुभयो । ग्राहकहरुको यस सुजुकी ब्राण्डसँगको अनुभवलाई अविस्मरणीय बनाउन सहयोग पुर्याउने हाम्रो सम्पूर्ण टोलीको योगदान प्रशंसनीय छ,' उनले भने।