BIZMANDU
www.bizmandu.com

अवैध रुपमा गिट्टी र माटो निकासी गर्ने क्रम बढ्यो, ट्याक्टर नियन्त्रणमा, ब्यक्तिको जग्गा खनियो

२०७५ असोज १७

चितवन। अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ।
  
कयर खोलाबाट अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो। 

Tata
GBIME

इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार दीपेश इँटा उद्योगले अनुमतिविना माटो निकालेर बोकिरहेको अवस्थामा ट्याक्टर र एक्साभेटर नियन्त्रणमा लिइएको हो। 

दीपेश इँटा उद्योगले व्यक्तिको जग्गाबाट विना अनुमति माटो निकासी गरिरहेको थियो। खैरहनी र रत्ननगर नगरपालिकाले प्रतिट्याक्टर ६०० रुपैयाँको रसिद काटेर गिट्टी निकासीको व्यवस्था मिलाएको छ। 

यी दुई नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेर गिट्टी झिक्नका लागि टेण्डर समेत खुलाउने तयारी गरिरहेको अवस्था छ।