BIZMANDU
www.bizmandu.com

ब्रोकर एशोसिएसनको अध्यक्षमा भरत रानाभाट निर्वाचित, अरु पदमा भने सबै सर्वसम्मत

२०७५ असोज १३


काठमाडौं। नेपाल ब्रोकर एशोसिएसनको अध्यक्षमा भरत रानाभाट निर्वाचित भएका छन्। रानाभाटले प्रतिस्पर्धी राजकुमार तिमिल्सिनालार्इ पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

GBIME
Tata

शुक्रबार भएको निर्वाचनमा रानाभाटले २९ मत पाए भने तिमिल्सिनाले १९ मत मात्रै पाए। अध्यक्षमा सर्वसम्मत चयनको प्रयास विफल भएपछि निर्वाचन भएको थियो। 

अरु पद भने सर्वसम्मत भइसकेको छ। एशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिवमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधी भुसाल सर्वसम्मत चयन भएका छन्। एशोसिएसनको सदस्यमा संजिला अर्याल,फडिन्द्र ढकाल, सन्दिप चाचान र सुमन गौतम चयन भएका छन्।