BIZMANDU
www.bizmandu.com

सिभिल लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत, पोखरा फाइनान्समा पनि रोजगारीका अवसर

२०७५ असोज १२

सिभिल लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत, पोखरा फाइनान्समा पनि रोजगारीका अवसर
सिभिल लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत, पोखरा फाइनान्समा पनि रोजगारीका अवसर

काठमाडौं। सिभिल लघुवित्त वित्तीय संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदको लागि विज्ञापन खुला गरेको छ। यस पदको लागि बैंक तथा वित्तीय संस्थामा न्यूनतम १० वर्षको कार्यानुवभ भर्इ ४ वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनु पर्नेछ। 

Tata
GBIME
Nepal Life

योग्यता पुगेका नेपाली नागरिकले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्। 

त्यस्तै पोखरा फाइनान्सले क्रमश बुटवल, सिद्धार्थनगर र पोखराको कार्यालयको लागि अफिसर, जुनियर अफिसर र सुपरभाइजर मागेको छ। यसको लागि स्नातक गरि ४ वर्षको कार्यानुभ हुनु पर्नेछ। 

त्यस्तै नारायणघाट शाखाको लागि एक जना बरिष्ठ सहायक माग गरेको छ। यसको लागि स्नातक गरि दुर्इ वर्षको कार्यानुभ हुनु पर्नेछ। संस्थाले बुटवल, सिद्धार्थनगर, नारायणघाट र पोखरा शाखाको लागि सहायक स्तरको कर्मचारी माग गरेको छ। यसको लागि स्नातक गरी एक वर्षको कार्यानुभ हुनु पर्नेछ। 

संस्थाले बुटवल र पोखरा शाखाको लागि कनिष्ठ सहायक तहको कर्मचारी माग गरेको छ। यसको लागि स्नातक गरि अनुभव नभएकाले पनि आवेदन दिन पाउने छन्। ईच्छुक योग्याता पुगेका नेपालीले असोज २६ गतेसम्म आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ।