BIZMANDU
www.bizmandu.com

ब्रोकर एशोसिएसनमा अध्यक्ष वाहेक सबै पद सर्वसम्मत, अध्यक्षमा तिमिल्सिना र रानाभाटको उम्मेदवारी

२०७५ असोज ११


काठमाडौं। नेपाल ब्रोकर एशोसिएसनमा अध्यक्ष वाहेक अरु पदमा सर्वसम्मत चयन भएका छन्।

Vigo
GBIME
Tata

अध्यक्षका लागि दुर्इ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि राजकुमार तिमिल्सिना र भरत रानाभाटले उम्मेदवारी दिएका हुन्। अध्यक्षमा सर्वसम्मत बनाउने प्रयास जारी छ। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निकट तिमिल्सिना भिजन सेक्युरिटिजका संचालक हुन भने नेपाली कांग्रेस निकट रानाभाट कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका संचालक हुन्।

शुक्रबार वेलुका चार बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको एशोसिएसनले जनाएको छ। एशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिवमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधी भुसाल सर्वसम्मत चयन भएका छन्। एशोसिएसनको सदस्यमा संजिला अर्याल,फडिन्द्र ढकाल, सन्दिप चाचान र सुमन गौतम चयन भएका छन्।