BIZMANDU
www.bizmandu.com

बससेवा डटकमबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सकिने,  यसरि काट्नुस घरबाटै टिकट

२०७५ असोज १०

बससेवा डटकमबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सकिने,  यसरि काट्नुस घरबाटै टिकट
बससेवा डटकमबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सकिने,  यसरि काट्नुस घरबाटै टिकट



काठमाडौं। अनलाइनबाट बसको टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैंको अग्रिम टिकट बुकिङ खुला भएको छ।

Tata
GBIME

बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैंको लागि दुई तर्फी आउनेजाने अग्रिम टिकट बुकिङ गर्न सक्ने बससेवा डट कमले जनाएको छ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट पनि टिकट बुकिङ गर्न सक्नेछन्। 

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए। उनले भने, ‘ हामीले विभिन्न गन्तव्यका लागि यातायात व्यवसायीसँगको सहकार्यमा अनलाइनबाट बुकिङ गर्न सक्ने व्यवस्था मिलाएका छौं, यात्रुहरूले खाली सिट हेरेर बुकिङ गर्न सक्नेछन्।‘

इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन्। इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट पनि टिकट काट्न सक्नेछन्। 

मुलुकभर इसेवाका ३५ हजार भन्दा बढि जोन पोइन्ट रहेका छन्। साथै इप्रभु,  इनेट पेमेन्ट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकटकाट्न सकिने कम्पनीले जनाएको छ। 

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो। बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्।