BIZMANDU
www.bizmandu.com

मेगा बैंकले तीन ठाउँमा एटिएम थप्यो, राजधानीमा दुई वटा, कुल ७९ पुग्यो एटिएम

२०७५ असोज १०

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ। 

Tata
GBIME
Nepal Life

काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो। योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ। 

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ। यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन्।