BIZMANDU
www.bizmandu.com

कालिका पावरको आइपिओ बाँडफाँड गर्यो, एक लाख १३ हजार १७७ जनाले पाए १० कित्ता शेयर

२०७५ असोज १०

कालिका पावरको आइपिओ बाँडफाँड गर्यो, एक लाख १३ हजार १७७ जनाले पाए १० कित्ता शेयर
कालिका पावरको आइपिओ बाँडफाँड गर्यो, एक लाख १३ हजार १७७ जनाले पाए १० कित्ता शेयर

काठमाडौं। कालिका पावरले निष्काशन गरेको प्राथमिक शेयर आज बाँडफाँड गरेको छ। पावरले कर्मचारीलार्इ निष्काशन गरेकोमध्ये नबिकेको १५ हजार ७७० कित्ता सहित ११ लाख ५१ हजार ७७० कित्ता प्राथमिक शेयर १० कित्ताको दरले बाँडफाँड गरेको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले निष्काशन गरेको शेयरका लागि एक लाख १८ हजार ८१० जना योग्य आवेदक थिए। जसले ७९ लाख ८८ हजार कित्ताको लागि आवेदन दिएका थिए। कम्पनीले भदौ २८ गतेदेखि असोज १ गतेसम्म आइपिओ निष्काशन गरेको थियो।  

कम्पनीले सर्वसाधारणतर्फ १२ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा कर्मचारीको लागि २४ हजार कित्ता र ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो। 

कर्मचारीतर्फ भने जम्मा ८ हजार २३० कित्ता मात्रै बिक्री भयो भने सामुहिक लगानी कोषले भने दामासाही रुपमा ६० हजार कित्ता आइपिओ खरिद गरेका थिए। 

कम्पनीको न्युनतम 'पे व्याक पिरियड' साढे ९ वर्ष लाग्ने भए पनि सर्वसाधारण भने आकर्षित देखिएका छन्।