BIZMANDU
www.bizmandu.com

स्वावलम्बन लघुवित्तले खोल्यो एकै पटक पाँच शाखा, ५७ जिल्लामा १२८ शाखा पुगे

२०७५ असोज ९

स्वावलम्बन लघुवित्तले खोल्यो एकै पटक पाँच शाखा, ५७ जिल्लामा १२८ शाखा पुगे
स्वावलम्बन लघुवित्तले खोल्यो एकै पटक पाँच शाखा, ५७ जिल्लामा १२८ शाखा पुगे

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले एकै साथ पाँच शाखा विस्तार गरेको छ। शाखा विस्तारसँगै कम्पनीको सञ्जाल ५७ जिल्लामा पुगेको छ। अब कुल शाखा संख्या १२८ पुगेको छ। 

Tata
GBIME
Nepal Life

विपन्न तथा न्यून आय भएको वर्गको आर्थिक–सामाजिक अवस्थामा सुधार ल्याई उनीहरुको आयस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित बैंकले आफ्नो वित्तीय पहुँच अभिवृद्धि योजना अनुरुप हाल रुपन्देही जिल्लाको तिलोत्तमा, पर्सा जिल्लाको बरियारपुर, रौतहट जिल्लाको चन्द्रपुर, सर्लाही जिल्लाको मलंगवा र महोत्तरी जिल्लाको बलवामा शाखा विस्तार गरेको हो। 

उपशाखा कार्यालय चन्द्रपुरको उद्घाटन रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रदेश सभा सदस्य धनलाल ठोकर र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले संयुक्त रुपमा गरेका छन्। 

उपशाखा कार्यालय बरियारपुरको उद्घाटन बरियारपुर नगरपालिकाका उपप्रमुख तारादेवी कानु, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अमिता बज्राचार्य र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा गरेका छन्।