BIZMANDU
www.bizmandu.com

महालक्ष्मी विकास बैंक र नर्भिक हस्पिटलबीच समझदारी, बैंकका ग्राहकलाई ३० प्रतिशतसम्म छुट

२०७५ असोज ९

महालक्ष्मी विकास बैंक र नर्भिक हस्पिटलबीच समझदारी, बैंकका ग्राहकलाई ३० प्रतिशतसम्म छुट
महालक्ष्मी विकास बैंक र नर्भिक हस्पिटलबीच समझदारी, बैंकका ग्राहकलाई ३० प्रतिशतसम्म छुट

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज प्रालिसँग समझदारी गरेको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले नर्भिक अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्मको छुट पाउने छन्। 

प्याथोलोजी, रेडियोलोजी (सिटी/एमआरआई स्क्यान सहित), मेमोग्राम, कार्डिएक नन इनभेसिभ परीक्षण तथा सर्जिकल चार्जमा बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। नर्भिक वार्षिक हेल्थ प्याकेजमा ३० प्रतिशतसम्मको छुट र बेड चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, बैंकका कर्मचारी लगायत कर्मचारीका परिवार (बाबु–आमा, श्रीमान–श्रीमती, तथा दुई सन्तान) ले नर्भिक इन्टरनेशनल हस्पिटलमा उल्लिखित छुट प्राप्त गर्न सक्ने छ। 

बैकका ७५ शाखा कार्यालय छन्। बैंकले शाखा बिस्तार गर्दै लैजाने जनाएको छ।