BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ बैंकले कर्णाली पर्यटकीयलाई डेढ लाख दियो, विद्यार्थीलाई काठमाडौं आउन सहज

२०७५ असोज ९

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि डेढ लाख रुपैयाँ सहयोग गरेको छ। 

समावेशीताको आधारमा गरीव, अपाङ, द्वन्द्व पीडित, दलित, महिला र आदिवाशीलाई एसइइ पास भई काठमाडांैंमा अध्ययनगर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि पैसा उपलब्ध गराइएको हो। 

सहयोग रासीको चेक चेक मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेकराज शाहीलाई हस्तान्तरण गरेका छन्।