BIZMANDU
www.bizmandu.com

शाइन रेसुङ्गा बैंकको दुई नयाँ शाखा, अझै तीन शाखा थप्दै, २८ गते एजिएम

२०७५ असोज ८

काठामडौं। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा शाखा कार्यालय खोलेको छ। 

Vigo
GBIME
Tata

चुक्ता पूँजी १ अर्व ६२ करोड रुपैयाँ रहेको बैंकले हालसम्म १४ अर्व ६५ करोड निक्षेप परिचालन गरिसकेको छ। बैकले १३ अर्व २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

शाखा विस्तारपछि रुपन्देहीमा १२ शाखा कार्यालय पुगेका छन्। कुल शाखा संख्या ३६ र १ वटा एक्सटेन्सन कार्यालय छन्। 

बैंकले रुपन्देही जिल्लाको शंकरनगर र कोटिहवा तथा नवलपरासी जिल्लाको सुनवलमा छिट्टै शाखा विस्तार गर्ने जनाएको छ।

बैंकको गत आर्थिक बर्षको मुनाफाबाट लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरिसकेको छ। असोज २८ गते बैकको साधारणसभा हुने प्रमुख कार्यकारी प्रकाश पौडेलले बताए।