BIZMANDU
www.bizmandu.com

यी नौ बैंकको कार्ड छान्रु तपाईले किस्ताबन्दीमै पाउनु हुने छ मोबाइल, ब्याज नपर्ने

२०७५ असोज ८

यी नौ बैंकको कार्ड छान्रु तपाईले किस्ताबन्दीमै पाउनु हुने छ मोबाइल, ब्याज नपर्ने
यी नौ बैंकको कार्ड छान्रु तपाईले किस्ताबन्दीमै पाउनु हुने छ मोबाइल, ब्याज नपर्ने

काठमाडौं। ईजी मोबाइल केयर प्रालिले दशैतिहार  र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल अफर ल्याएको छ।

Vigo
GBIME
Tata

न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा किन्दा विभिन्न उपहारहरु पनि प्राप्त गर्न सक्ने अफर सार्वजनिक गरेको छ।

बैंकको क्रेडिट कार्ड देखाउनुस्, शुन्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्, नामक अफर ल्याएको छ। ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यसको फाईदा उठाउन सक्नेछन्।

यो अफरअन्तर्गत सुविधा लिनको लागि क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सकिन्छ।