BIZMANDU
www.bizmandu.com

ज्योतिले १०० रुपैयाँ तिरेर हाम्रो विकास बैक किन्ने, शेयर संरचना परिवर्तन, २९ गते साधारणसभा

२०७५ असोज ८

ज्योतिले १०० रुपैयाँ तिरेर हाम्रो विकास बैक किन्ने, शेयर संरचना परिवर्तन, २९ गते साधारणसभा
ज्योतिले १०० रुपैयाँ तिरेर हाम्रो विकास बैक किन्ने, शेयर संरचना परिवर्तन, २९ गते साधारणसभा

काठमाडौं। ज्योति विकास बैंकले हाम्रो विकास बैंकलार्इ बराबरी हैसियतमा प्राप्ति गर्ने टुङ्गो लागेको छ। बैंकले सम्पूर्ण सम्पति तथा दायित्व (डिडिए) प्रतिवेदन अनुसारको स्वाप रेसियो एक बराबर एकलार्इ आगामी साधारणसभाबाट पारित गर्ने भएको छ। बैंकले असोज २९ गते ११औं वार्षिक साधारणसभा डाकेको छ।

Tata
GBIME
Nepal Life

हाम्रो विकास बैंकलार्इ प्राप्ति गर्ने संझौतालार्इ साधारणसभाले अनुमोद गरेसँगै आवश्यक प्रकृया अगाडि बढ्ने जनाएको छ। बैंकको चुक्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ। प्राप्तिसँगै ज्योति विकास बैंकको चुक्ता पूँजी तीन अर्ब ८ करोड रुपैयाँ पुग्नेछ। यससँगै विकास बैंकहरुमध्ये सबैभन्दा धेरै पूँजी भएको बैंक ज्योति बन्नेछ। 

साधारणसभामा बैंकले हाल कायम संस्थापक शेयरधनीको ६०.४५ प्रतिशतको होल्डिङलार्इ ५१ प्रतिशतमा झार्ने विशेष प्रस्ताव अगाडि सारेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वलार्इ ५१ प्रतिशतमा झार्ने क्रममा २४ लाख ५० हजार ९६० कित्ता शेयर सर्वसाधारण समुहमा परिणत हुनेछ। 

गत भदौ २४ गते बसेको संचालक समितिको बैंठकले चुक्ता पूँजीको ८.४० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो। यसलार्इ पनि साधारणसभाबाट पारित गर्नेछ। साधारणसभा प्रयोजनको लागि असोज १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुने भएको छ। असोज १४ गतेसम्म कायम शेयधनीले नगद लाभांस प्राप्त गर्न सक्नेछन्।