BIZMANDU
www.bizmandu.com

तेलका लागि लाइन बस्नुपर्दैन्, इन्द्रजात्राको विदाको दिनमा समेत आयल निगमले दिँदैछ तेल

२०७५ असोज ७

तेलका लागि लाइन बस्नुपर्दैन्, इन्द्रजात्राको विदाको दिनमा समेत आयल निगमले दिँदैछ तेल
तेलका लागि लाइन बस्नुपर्दैन्, इन्द्रजात्राको विदाको दिनमा समेत आयल निगमले दिँदैछ तेल


काठमाडौं। नेपाल आयल निगमको थानकोट डिपो सोमबार इन्द्रजात्राको विदाको दिनमा पनि खुल्ने भएको छ।

Tata
GBIME
Nepal Life

उपत्यकामा पेट्रोलियम पदार्थको अभाव हटाउन विदाको दिनमा समेत पेट्रोलियम पदार्थ वितरण गर्न लागिएको डिपो प्रमुख भरत रेग्मीले बताए। निगमले शनिबार पनि डिपो खोलेर पेट्रोलियम पदार्थ वितरण गरेको थियो।‘हामीले सोमबार विदा भएपनि मागे जति तेल दिदैछौं। यसले उपत्यकामा अभाव पूरै हट्छ भन्ने हाम्रो विश्वास छ।’उनले बिजमाण्डूसँग भने।

उनका अनुसार आइतबार काठमाडौंका धेरै पम्पमा सवारी साधनको लाइन घटेको थियो। रेग्मीका अनुसार सोमबारबाट पम्पमा सवारी साधनको लाइननै हुने छैन।‘आइतबार हामीले विक्री गरेको तेलका आधारमा सोमबार विहानै लाइन हुँदैन। हामीले आइतबार ८ लाख ६५ हजार लिटर पेट्रोल र १२ लाख ७५ हजार लिटर डिजल वितरण गरेका छौं’ रेग्मीले भने।

चार दिनको चालक हड्तालले मुलुकभर तेलको अभाव भएको थियो। निगमले तेल आपूर्ति प्रभावित भएपछि उपत्यकामा नाकाबन्दीको जस्तै कोटा प्रणाली लगाएको थियो। यो कोटा प्रणाली समेत निगमले आइतबारदेखि हटाएको छ।