BIZMANDU
www.bizmandu.com

देशभरीका सवारी साधनको रुटमा नयाँ भाडा दर निर्धारण, कुन रुटमा कति भाडा पर्छ हेर्नुस् सूचीसहित

२०७५ असोज ७

काठमाडौं। सवारी साधनको भाडा बढाएलगत्तै सरकारले देशभरका रुटको भाडादर तय गरेको छ। यातायात व्यवस्था विभागले देशभर चल्ने यात्रुबाहक र मालबाहक सवारी साधनको भाडादर निर्धारण गरेको हो।

Vigo
GBIME
Tata

विभागले काठमाडौं उपत्यका भित्र तथा बाहिर सबै रुटमा चल्ने सवारी साधनको भाडादर तय गरेको जनाएको छ। 

विभागले पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँलाई आधार मानी भाडा दर तय गरेको उल्लेख गरेको छ।

विभागका अनुसार यसअघि डिजेल प्रतिलिटर ७५ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ९९ हुँदा भाडा तोकिएको थियो। 

यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी तथा अन्य सरोकारवालासहितको बैठकले १० प्रतिशत गाडी भाडा बढाउने निर्णय गरेको थियो। शनिबारको निर्णयपछि विभागले देशभरका रुटको नयाँ भाडादर निर्धाण गरेको हो।

कहाँ कति छ भाडा हेर्नुस् सूची