BIZMANDU
www.bizmandu.com

भारतीय ढुवानीकर्ताले ग्यास आपूर्ति रोक्ने चेतावनीपछि सरकार के गर्दैछ? यसरी हुँदैछ संबोधन

२०७५ असोज ७

भारतीय ढुवानीकर्ताले ग्यास आपूर्ति रोक्ने चेतावनीपछि सरकार के गर्दैछ? यसरी हुँदैछ संबोधन
भारतीय ढुवानीकर्ताले ग्यास आपूर्ति रोक्ने चेतावनीपछि सरकार के गर्दैछ? यसरी हुँदैछ संबोधन


काठमाडौं। दशैंका बेला पारेर भारतीय ढुवानीकर्ताले ग्यास आपूर्ति रोक्ने चेतावनी दिएपछि सरकारले समस्या समाधानका लागि पहल थालेको छ।

Tata
GBIME
Nepal Life

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय ढुवानीकर्ताको मागका बारेमा अध्ययन गर्न समिति गठनको तयारी गरेको छ।‘दशैंका बेलामा भारतीय ढुवानीकर्ताले ग्यास आपूर्ति रोक्ने चेतावनी दिएपछि अध्ययन समिति गठन गर्न लागिएको छ’ मन्त्रालय स्रोतले भन्यो,’अध्ययन समितिले दिएको सुझाबका आधारमा समस्या संबोधन गरिनेछ।’

भारतीय ढुवानीकर्ताले डिजलको मूल्य बढेपछि ग्यास ढुवानी गर्नै नसक्ने परिस्थिती भएको भन्दै संघलार्इ पत्र पठाएको थियो।नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले आपूर्ति मन्त्रालयले समस्या संबोधनका लागि पहल गर्ने आश्वासन दिएको बताए।‘

मन्त्रालयबाट भारतीय ढुवानीकर्ताको समस्या संवोधन गर्न सकारात्मक देखिएको छ।हामीले भारतीय ढुवानीकर्तालार्इ ढुवानी रोक्ने कार्य नगर्न अनुरोध गरेका छौं’उनले बिजमाण्डूसँग भने,’चाडपर्वको बेलामा ग्यास अभाव नहोस् भन्नेतर्फ हामी सचेत छौं।’ संघले एक साताअघि पत्रकार सम्मेलन गर्दै ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने चेतावनी दिएको थियो।