BIZMANDU
www.bizmandu.com

नेपालको विकासमा जर्मनीले ७ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने, प्रसारण लाइनका लागि छुट्टै बजेट

२०७५ असोज ६

काठमाडौं। जर्मनीले नेपललाई अबको दुई वर्षका लागि ७ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

GBIME
Tata

यसका साथै ऊर्जा दक्षता कार्यक्रम अन्तर्गत लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन परियोजना निर्माणको लागि थप १५ मिलियन युरो पनि जर्मनीले नेपाललाई सहायता दिने भएको छ। 

नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्तामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मनी सरकारको तर्फबाट केएफडब्लु विकास बैंकको दक्षिण एसिया क्षेत्रीय व्यवस्थापक यस्मिन तवफिकले हस्ताक्षर गरेका छन्। 

वार्तामा जर्मनी सरकारबाट ऊर्जा, स्वास्थ्य तथा दीगो आर्थिक विकासका क्षेत्रमा जारी आयोजनाहरुलाई निरन्तरता दिँदै थप आयोजनाको लागि समेत प्रतिबद्धता प्राप्त भएको नेपालले जानकारी दिए। 

जर्मनी सरकारबाट नेपाललाई नवीकरणीय ऊर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, भूकम्पपछिको पुनर्निर्माण तथा दीगो आर्थिक विकासका क्षेत्रमा प्राप्त सहयोगको लागि नेपाली पक्षले धन्यवाद दिएको थियो।