BIZMANDU
www.bizmandu.com

आयल निगमले आपूर्ति सहज पार्न शनिबार पनि डिपो खोल्ने, यसरी ल्यार्इँदैछ काठमाडौंमा तेल

२०७५ असोज ५

आयल निगमले आपूर्ति सहज पार्न शनिबार पनि डिपो खोल्ने, यसरी ल्यार्इँदैछ काठमाडौंमा तेल
आयल निगमले आपूर्ति सहज पार्न शनिबार पनि डिपो खोल्ने, यसरी ल्यार्इँदैछ काठमाडौंमा तेल



काठमाडौं। नेपाल आयल निगमको थानकोट डिपोले शनिबार पनि तेल वितरण गर्ने भएको छ। चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले विदाको दिनमा समेत वितरण गर्न लागेको हो।

Vigo
GBIME
Tata

‘शुक्रबारदेखि रक्सौंलबाट समेत तेल आउन थालिसकेको छ। हामीले भोली शनिबार समेत डिपो खोलेर तेल दिँदैछौं’ थानकोट डिपो प्रमुख भरत रेग्मीले बिजमाण्डूसँग भने,’उपभोक्ता आत्तिएर तेल भण्डारण गर्न आवश्यक छैन। अहिले बाटोमा रहेको तेल आएमा शनिबारदेखिनै मागे अनुसार वितरण गर्न सक्ने अवस्थामा हुनेछौं।’

 थानकोट डिपोले शुक्रबार ५ लाख ८ हजार लिटर पेट्रोल र  ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको छ।‘हामीले ४० गाडी पेट्रोल र ४३ गाडी डिजल वितरण गरेका छौं।यो सामान्य समयको माग अनुसारको तेल हो’ रेग्मीले भने।

उनका अनुसार विराटनगरबाट ४० गाडी डिजल र ८ गाडी पेट्रोल काठमाडौंका लागि आउँदैछ।भैरहवाबाट १६ गाडी पेट्रोल र ६ गाडी डिजल काठमाडौंका लागि आउँदै गरेको उनले बताए।रेग्मीका अनुसार अमलेखगंजबाट पाँच गाडी पेट्रोल काठमाडौं हिडिसकेको छ। यो वाहेक २० गाडी पेट्रोलियम पदार्थ बोकेको गाडी काठमाडौं आइसक्ने उनले बताए।

अमलेखगंज डिपोका अनुसार शुक्रबारदेखि ट्यांकरले तेल बोक्न सुरु गरिसकेका छन्।डेढ दर्जन भन्दा बढी गाडी इन्डियन आयल कर्पोरेशनको रक्सौंलमा रहेको डिपोमा तेल लिएर नेपाल आइसकेको डिपोले जनाएको छ।‘तेल आपूर्ति नर्मल हुन थालिसकेको छ,’ डिपो प्रमुख प्रदीप यादबले बिजमाण्डूसँग भने,’हामीले शनिबारदेखि थप तेल ल्याउन सबै संयन्त्र परिचालन गर्नेछौं।’