BIZMANDU
www.bizmandu.com

मेगा बैंकको गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित सेवा, बृद्धभत्ता यसैबाट वितरण

२०७५ असोज ५

मेगा बैंकको गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित सेवा, बृद्धभत्ता यसैबाट वितरण
मेगा बैंकको गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित सेवा, बृद्धभत्ता यसैबाट वितरण

काठमाडौं। मेगा बैंक नेपालले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ। 

Tata
GBIME
Nepal Life

मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार उद्घाटन गरेका छन्। 

नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको बताउँदै मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगौडा र भुवाचिदीबासीलाई सजिलो भएको बताए। नगरपालिकाको वडा न. ५ र ६ को वृद्घाभत्ता मेगाको शाखारहित बैंकिङ सेवाबाट हुने उनले घोषणा गरेका छन्। 

वडा न. ५ का वडाध्यक्ष भागीरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताए।
 
शाखा प्रबन्धक पन्थीले शाखारहित बैंकिङ प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्य रुपमा राखिने हुँदा खातावालाको रकम सुरक्षित रहने बताए। उनले ढुक्क भई मेगा बैंकको अत्याधिक बैंकिङ सेवाको रुपमा रहेको शाखारहित बैंकिङ सेवाको सुविधा उपभोग गर्न सबैलाई आग्रह पनि गरेका छन्।