BIZMANDU
www.bizmandu.com

शनिबार दरबारमार्गमा स्ट्रिट फेस्टिभल हुँदै, भाग्यशाली दर्शकले टिभिएस एनटर्क स्कुटर पाउने अफर

२०७५ असोज ५


काठमाडौं । १४ औ दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिवार आयोजना हुँदैछ ।

Tata
GBIME
Nepal Life

टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पूगेको छ ।  यसै अवसरमा टीभीएसले दरबारमार्गमा स्ट्रिट फेस्टिभल आयोजना गर्न लागेको हो।  कार्यक्रममा भारतका र्यापर बादशाहले लाईभ पफर्मेन्स गर्ने आयोजकले जनाएका छन्।

उक्त कार्यक्रममा नेपालका कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती समेत रहने बताइएको छ।

फेस्टिवलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ । उक्त दिनमा दर्वारमार्गका आउटलेटहरुमा डिस्काउन्टमा सपिङ्ग समेत गर्न सकिने छ ।

मिरर डान्स, रक क्लाइम्विङ्ग समेत राखिएको उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् ।

महोत्सवमा एक जना भाग्यशाली दर्शकलाई बम्पर प्राइजका रुपमा टीभीएसको एनटर्क स्कुटर  दिने आयोजकले जानकारी दिएका छन्।