BIZMANDU
www.bizmandu.com

नबिल बैंकबाट बैदेशिक यात्रा स्वास्थ्य बीमा सेवा पनि, ब्यागेज हराएमा पनि क्षतिपुर्ति पाइने

२०७५ असोज ५

नबिल बैंकबाट बैदेशिक यात्रा स्वास्थ्य बीमा सेवा पनि, ब्यागेज हराएमा पनि क्षतिपुर्ति पाइने
नबिल बैंकबाट बैदेशिक यात्रा स्वास्थ्य बीमा सेवा पनि, ब्यागेज हराएमा पनि क्षतिपुर्ति पाइने

काठमाडौं। नबिल बैंकले बैदेशिक भैमणमा जाने ग्रहकहरुको बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना जारी गर्ने भएको छ। बैंकले आफ्नो काउन्टरहरुबाट भिजा इन्टरनेशनल प्रिपेड कार्ड, बैंक ड्राफ्टी र विदेशी मुद्रा सटहीका लागि आउने ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउने भएको हो। 

Tata
GBIME
Nepal Life

यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसँग साझेदारी गरेको छ। नबिल बैंकबाट सेवा लिन आउने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट बैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। 

अनपेछित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जाँच गरि हराएका ब्यागेजरराहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण यसले गर्न छ। 

“ट्राभल बीमा सेवाले ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन सÔम हुने छ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने।