BIZMANDU
www.bizmandu.com

लाभांश दर घटाउँदै मितेरी डेभलपमेन्ट बैकले गर्यो लाभांश प्रस्ताव, १७ प्रतिशत बोनस शेयर दिने

२०७५ असोज ४


काठमाडौं। गत बर्षहरूको तुलनामा लाभांश दर घटाउँदै मितेरि डेभलपमेन्ट बैकले लाभांश प्रस्ताव गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७४/७५ को नाफा र सञ्चित कोषबाट १७ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करका लागि ०.८९ प्रतिशत नगद लाभांस दिने भएको छ। 

गत तीन आर्थिक बर्षमा बैंकले ३० प्रतिशत लाभांश घटाएको थिएन। बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। 

बैकको गत बर्षको तुलनामा चुक्ता पूँजी बढेको र बढेको चुक्ता पूँजी अनुसार नाफा घटेको कारण लाभांश घटेको हो। अघिल्लो बर्ष बैंकको चुक्ता पूँजी ३८ करोड रहेको थियो। गत बर्ष बैंकको चुक्ता पूँजी बढेर ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष बैंकले १२ करोड रुपैयाँ नाफा गरेको थियो तर गत वर्ष नाफा घटेर ११ करोड रुपैयाँमा खुम्चिएको छ।