BIZMANDU
www.bizmandu.com

तीन मर्चेन्ट बैंकले दसैं अगाडि नै लाभांस बाड्ने, डाके बार्षिक साधारणसभा, कसको कति लाभांस?

२०७५ असोज ४

काठमाडौं। तीन मर्चेन्ट बैंकले बार्षिक साधारणसभा डाकेका छन्। ग्लोबल आइएमर्इ क्यापिटल, सानिमा क्यापिटल र सिद्धार्थ क्यापिटलले दशैं अगाडि नै नगद लाभांस बाँड्ने गरि साधारणसभा डाकेका छन्।

Tata
GBIME
Nepal Life

ग्लोबल आइएमर्इले १०.५२ प्रतिशत, सानिमा क्यापिटलले ८ प्रतिशत र सिद्धार्थ क्यापिटलले ३० प्रतिशत नगद लाभांस घोषणा गरेका छन्। 

ग्लोबल आइएमर्इ क्यापिटलले असोज २५ गते ११औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने छ भने संचालक समितिले तोकेको नगद लाभांस पारित गर्ने छ। 

सानिमा क्यापिटलले असोज २६ गते तेस्रो साधारणसभा डाकेको छ। साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ती गर्ने भएको छ। साथै संचालक समितिले घोषणा गरेको नगद लाभांस पारित गर्नेछ। 

सिद्धार्थ क्यापिटलले असोज २५ गते सातौं वार्षिक साधारणसभा डाकेको छ। सारधाणसभाले चुक्ता पूँजीको ३० प्रतिशतबाट हुन आउने ६ करोड रुपैयाँ नगद लाभांस पारित गर्नेछ। कम्पनीले साधारणसभाबाट गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गर्नेछ।