BIZMANDU
www.bizmandu.com

असोज ११ गते नेपाल -चीन उर्जा संयन्त्र बैठक, चिनियाँ लगानीका लागि आब्हान

२०७५ असोज ३

असोज ११ गते नेपाल -चीन उर्जा संयन्त्र बैठक, चिनियाँ लगानीका लागि आब्हान
असोज ११ गते नेपाल -चीन उर्जा संयन्त्र बैठक, चिनियाँ लगानीका लागि आब्हान



काठमाडौं। उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।

Vigo
GBIME
Tata

भेटमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक,उर्जा क्षेत्रमा गर्न सकिने सहकार्य लगायतका विषयमा छलफल भएको थियो । नेपाल र चीनबीच पहिलो पटक उर्जा संयन्त्रकोे बैठक यही असोज ११ र १२ गते काठमाडौंमा बस्दैछ । चीनसँग गरेको सम्झौताअनुसार नेपालले संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ ।  

भेटमा उर्जामन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानीको वातावरण बनाईदिन आग्रह गरे।उर्जामन्त्री पुनले ग्रिड कनेक्सनसम्बन्धी विम्स्टेक सदस्य राष्ट्रहरुबीच भएको सम्झौताले बजार विस्तारमा टेवा पुगेकोे भन्दै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।

वङगलादेशसँग भएको सम्झौताले समेत बजार विस्तारमा थप सहयोग पुग्ने भन्दै उर्जामन्त्री पुनले सार्क फ्रेमवर्क सम्झौताअनुसार विजुलीको आयात र निर्यातमा कुनै समस्या नहुने बताए।राजदूत होङले पहिलो पटक संयन्त्रको वैठकले दुवै देशको उर्जा क्षेत्रको नयाँ ढोका खोल्ने पनि बतार्इन्।उनले भनिन् ‘मन्त्रीज्युको पहलमा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको छ, यो पहिलो पाईंला भएपनि निकै महत्वपूर्ण बैठक हो,यो संयन्त्रबाट दुवै देशले आ–आफ्ना देशका समस्या र सम्भावनाहरु प्रष्टसंग राख्न सजिलो भएको छ,यसका लागी छिटो पहल गरिदिनुभएकोमा म धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणका बेला इनर्जी कोअपरेशनमा हस्ताक्षर भएपछि दुवै देशबीच उर्जा क्षेत्रमा संयन्त्र निर्माण गर्ने सहमती भएको थियो ।