BIZMANDU
www.bizmandu.com

२० मेगावाटको  कुनबान खोलाको विद्युत खरिद सम्झौता, २०२४ सम्म निर्माण सम्पन्न हुने

२०७५ असोज ३

२० मेगावाटको  कुनबान खोलाको विद्युत खरिद सम्झौता, २०२४ सम्म निर्माण सम्पन्न हुने
२० मेगावाटको  कुनबान खोलाको विद्युत खरिद सम्झौता, २०२४ सम्म निर्माण सम्पन्न हुने


काठमाडौं। सुस्मित इनर्जीले निर्माण गर्न लागेको २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ। 

Vigo
GBIME
Tata

सम्झौतापत्रमा आयोजना प्रवर्द्धक सुस्मित इनर्जीका अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंहले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार यस आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले सुख्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्षातमा ४ रुपैयाँ ८० पैसा प्रति युनिटका दरले खरिद गर्ने छ। 

विद्युत खरिद सम्झौतापछि आयोजना निर्माण कार्य तीब्र रुपमा अगाडि बढ्ने आयोजनाले जनाएको छ। दशैंलगत्तै आयोजना स्थलसम्मको पहुँच मार्ग निर्माण सुरु गर्ने र अर्को बर्षदेखि आयोजना निर्माणमा जाने पोखरेलले बताए।

आयोजनासम्म पुग्न म्याग्दीको खारादेखि २२ किलोमिटर सडक निर्माण गर्नु पर्छ। कुनबान खोलाको पानीबाट विजुली निकालिने उक्त आयोजनाको बाँध म्याग्दीको मुदी गाउँपालिकाको दोभानमा निर्माण हुनेछ। 

यस आयोजनाले बार्षिक ११५ दशमलव ५१ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने छ। यसले बर्षतमा १७.५५ गिगावाट र हिउँदमा  ९७.९६ गिगावाट विद्युत उत्पादन गर्ने पोखरेलले जानकारी दिए।
 
आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ हुने अनुमान गरिएको छ। आयोजनाको लागि आवश्यक वित्तीय व्यवस्थापन यसै वर्षभित्र सक्ने र अर्को वर्षदेखि आयोजना निर्माणमा जाने कम्पनीले जनाएको छ। आयोजना सन् २०२४ मा निर्माण सम्पन्न हुने छ।