BIZMANDU
www.bizmandu.com

तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १५ अर्ब रुपैयाँ जुट्यो, यसरी बन्ने छ आयोजना

२०७५ असोज २

तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १५ अर्ब रुपैयाँ जुट्यो, यसरी बन्ने छ आयोजना
तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १५ अर्ब रुपैयाँ जुट्यो, यसरी बन्ने छ आयोजना


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले १०१ मेगावाट क्षमताको तामाकोशी पाँचौं जलविद्युत आयोजनाको निर्माणमा सघाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) तयार रहेको जानकारी दिएका छन्। 

Tata
GBIME
Nepal Life

एआइआइबीको तेस्रो गभर्नर्स बैठकमा नेपालले १५ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको थियो। नेपालको प्रस्ताव अनुसार आयोजनाका लागि ऋण दिन बैंकले सहमति जनाएको खतिवडाले बताए। 

तीन महिनाअघि भारतमा भएको बैठकमा खतिवडाले तामाकोशी पाँचौं जलविद्युत आयोजनाको निर्माणका लागि १५ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अघि बढाउन सहयोग मागेका थिए।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको 'क्यास्केड प्रोजेक्ट' का रुपमा तामाकोशी पाँचौं जलविद्युत आयोजना अघि बढाउन लागिएको हो। जर्मन परामर्शदाता कम्पनी ल्हामेहरले विस्तृत इन्जिनियरिङ र ड्रइङको काम गरिरहेको छ। यस्तै आयोजनाको ठेक्का सम्बन्धी कागजपत्र बनाउने जिम्मा पनि उसैलाई दिइएको छ। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि निस्केको पानी तामाकोशी नदीमा नपठाई यो आयोजना निर्माणको तयारी गरिएको हो। तामाकोशी जलविद्युत आयोजना निर्माण सक्नुअघि नै यो आयोजनाका लागि पानी 'ट्राप' निर्माणको संरचना निर्माणको निर्णय प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए।