BIZMANDU
www.bizmandu.com

गण्डकी विकास बैंकले १५ लाख रुपैयाँसम्म ऋण विना धितो दिने, कसले पाउने छन् ऋण सुविधा?

२०७५ असोज १

गण्डकी विकास बैंकले १५ लाख रुपैयाँसम्म ऋण विना धितो दिने, कसले पाउने छन् ऋण सुविधा?
गण्डकी विकास बैंकले १५ लाख रुपैयाँसम्म ऋण विना धितो दिने, कसले पाउने छन् ऋण सुविधा?

काठमाडौं। गण्डकी विकास बैंकले ग्राहकको मागलाई ध्यान दिदै विना धितो ऋण दिने भएको छ। बैंकले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जाको स्किम ल्याएको हो। 

Vigo
GBIME
Tata

बैंकले यो कर्जा डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, चाटर्ड एकाउन्टेन्ट लगायत ख्याती प्राप्त संघ संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गर्ने छ। बैंकले वचत खातामार्फत दैनिक ७ प्रतिशत व्याज तथा अन्य आर्कषक सेवा सुविधा सहितको साधारण बचत खाता पनि ल्याएको छ। 

यो खाता खोल्नेले एटिएम कार्ड, अन्तर बैंक कारोबार सेवा, मोबाइल बैंकिङ र आस्वा सेवा पाउने छन्। साथै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि पाउने छन्। 

बैंकले कर्मचारीहरुलाई लक्षित गरी दैनिक मौज्दातमा ७ प्रतिशत ब्याज दिने गरी कर्मचारी तलब खाता पनि ल्याएको छ। साधारण बचत खाताको सुविधा यसमा पनि उपलब्ध छन्।