BIZMANDU
www.bizmandu.com

वायुसेवा निगमका एमडी कंसाकारले राजीनामा नदिने, भन्छन्- मेरो रोल एमडी विदाउट कार्यकारी हुनेछ

२०७५ असोज १


सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललार्इ नियुक्त गरेपछि प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारलाई अफ्ठेरो पर्ने चर्चा चलिरहेको छ। केहीदिन अघिसम्म कंसाकारले कार्यकारी अध्यक्ष ल्याउने सरकारको निर्णयको विरुद्ध कानुनी बाटो समेत खोज्ने बताएपनि अब भने मिलेर जाने संकेत गरेका छन्।  यसै सन्दर्भमा कंसाकारसँग बिजमाण्डूका बसन्तराज उप्रेतीले सोधे

Tata
GBIME
Nepal Life

सरकारले नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त गर्योँ नि !

त्यसमा त मैले अब के भन्ने, सरकारले निर्णय गरिसक्यो। त्यहि अनुसार अब नयाँ कार्यकारी अध्यक्षसँग मिलेर काम गर्ने।

भनेपछि दुबैजना  कार्यकारी रोलमा?  

यसमा मेरो कार्यकारी रोल हुँदैन वहाँको मात्र कार्यकारी रोल हुनेछ। मेरो रोल एमडी(प्रवन्ध निर्देशक) विदाउट कार्यकारी ।

तपाईँको कार्यकाल आठ महिना मात्र बाँकी छ यो बीचमा जस्तो तपाईँले जहाज ल्याउनुभयो। यो एउटा साहसिक निर्णय पनि हो। झण्डै ३० वर्ष पछि नयाँ जहाज आएको हो। अब यस्तो क्रुसियल टाइममा दुईबीच कन्फ्लिक्ट हुने हो की भन्ने कुरा आएको छ नि?

 यो विषययमा मैले कम्प्लेन गर्न मिल्दैन। यो त मन्त्रालयबाट सचिव ज्यू र मन्त्रीज्यूबाट  निर्देशन भएको कुरा हो।

बाहिर त सुगतरत्न कंसाकारले राजीनामा दिन्छ भन्ने हल्ला सुनिन्छ नि?

चार पाँच दिनसम्म अगाडिसम्म  त्यो हल्ला साँचो हो। त्यसपछि चाहिँ यहाँ कर्मचारी साथीहरुले मिलेर बसे भइहाल्छ भन्दै आठ महिना राजीनामा नदिन अनुरोध गरे। मलाई पनि सहि लागेर कर्मचारी साथीहरुसँग सरसल्लाह गरेर राजीनामा नदिने निर्णय गरेँ। कर्मचारी साथीहरुबाहेक अरु कसैसँग सल्लाह गरेको छैन।

जुन हिसाबले तपाईँले जहाज ल्याएसँगै उडान गन्तब्य थपेर निगमको क्षमता विस्तारमा स्पीड अप गर्नुभयो, एनएसीलाई एउटा लेभलमा लान खोज्दा खोज्दै पनि अलिकति ब्रेक लागेको अनुभव भएको छैन?

त्यो त भन्न मिलेन। त्यो त ब्रेक लागेको कसरी भन्न मिल्छ? वहाँले म भन्दा राम्रो काम गर्नुहुन्छ कि कसलाई थाहा छ र ! नयाँ आउन लाग्नु भएको कार्यकारी अध्यक्ष मदन खरेलले राम्रै काम गर्नुहुन्छ भन्ने हामीले आशा लिएका छौँ।

आफुले तयार पारेको स्केचमा अर्कोले आएर रंग भर्न लागेको अनुभव भा छैन?

मैले व्यक्तिगत रुपमा दुःख व्यक्त गरेको छैन। म चाहिँ अलि अर्कै प्रकृतिको छु। सदगुरुको प्रवचन सुनिरहेको हुन्छु। यस्तो सामान्य कुरामा मलाई त्यस्तो मतलब लाग्दैन।

नएसी अहिलेको जुन अवस्थामा छ त्यो भन्दा बेटर अवस्थामा जान्छ भन्ने आशामात्रै हो?

हो आश गरेरै अगाडि बढ्ने हो। म भन्दा राम्रो काम गर्न पनि सक्नुहुन्छ वहाँले।

तिपयले कार्यकारी अध्यक्ष ल्याउने कुरामा तपाईँले असहमति जाहेर गर्दै कानुनको ढोका पनि ढकढक्याउनुहुन्छ भनेर बाहिर हल्ला छ नि?

कानुनको ढोका ढकढक्याएर मुद्दा हाल्ने कुरामा कुनै हालतमा पनि जाँदिन म। मुद्दा पनि हाल्दिन प्रवन्ध निर्देशकको पद पनि छोड्दिन। कार्यकारी पद चाहिँ छोड्छु। मन्त्री परिषदको निर्णयलाई त मैले मान्नै पर्योा नी।    

धार नभएको तरवार लिएर हिँडेर के काम छ?

त्यसरी चाहिँ कहिलेकाहीँ अघि भने नि मैले सदगुरुको प्रवचन सुन्ने भएको कारणले धेरै सकारात्मक भएपछि जीवनमा आनन्द आउँछ। धेरै नेगेटिभमा जाने मान्छे चाँडै मर्छ रे क्या!