BIZMANDU
www.bizmandu.com

तीन वित्तीय संस्थामा जागिरको अवसर, अनुभव भएकालार्इ शाखा प्रमुख नभएकालार्इ प्रशिक्षार्थी

२०७५ भदौ २९

काठमाडौं। मञ्जुश्री फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था र वमी लघुवित्तले नयाँ शाखा कार्यालयको लागि शाखा प्रमुखदेखि प्रशिक्षार्थी कर्मचारीको माग गरेका छन्। 

Tata
GBIME
Nepal Life

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले एक जना विजनेस डेभलपमेन्ट अफिसर, ४ जना व्यवस्थापन प्रशिक्षार्थी, ५ जना वरिष्ठ सहायक र केहि कनिष्ठ साहायक पदको लागि विज्ञापन खुला गरेको छ। 

अफिसरको लागि कृषि विज्ञानमा स्नातक गरेको हुनु पर्नेछ, व्यवस्थापन प्रशिक्षार्थीको लागि व्यवस्थापनमा स्नातक गरेको हुनु पर्नेछ भने कनिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ। इच्छुक आवेदकले असोज १८ गतेसम्ममा आवेदन दिनु पर्ने छ। 

मञ्जुश्री फाइनान्सले नयाँ शाखा कार्यालय विराटनगर र काठमाडौं शाखाको लागि शाखा प्रमुख माग गरेको छ। उक्त पदका लागि स्नातक गरि कम्तिमा पनि ४ वर्षको कार्यानुभ हुनु पर्नेछ। इच्छुक आवेदकले असोज ४ गतेसम्ममा निवेदन दिनु पर्नेछ। 

वोमी माइक्रोफाइनान्सले अधिकृत स्तरका शाखा प्रमुखको लागि केहि कर्मचारी माग गरेको छ। शाखा प्रमुखको लागि स्नातक गरि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। त्यस्तै सहायक श्रेणीको लागि केहि सहायक प्रशिक्षार्थी माग गरेको छ। सहायकको लागि एसएलसी उत्तीर्ण गरेको भए पुग्छ। इच्छुक आवेदकले असोज १३ गतेसम्ममा आवेदन दिनु पर्ने संस्थाले जनाएको छ।