काठमाडौं। ग्लोबल आइएमई बैंकले गोरखाको गोरखाबजारमा शाखा खोलेको छ। शाखाको उद्घाटन गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
शाखामा एटिएम पनि जडा नगरिएको छ। एटिएमको उद्घाटन गोरखानगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरेकी छिन्।
बैंकको गोरखा जिल्लामा गोरखाबजारका साथै मनकामना र सिरानचोक गरी तीन शाखा पुगेको छ।
बैंकको कुल शाखा संख्या १३२ पुगेको छ। एटिएमको संख्या १३७ पुगेको छ। बैंकले अर्को एटिएम नवलपरासीको गैंडाकोटमा थपेको छ।