BIZMANDU
www.bizmandu.com

एनआर्इसी क्यापिटलमा सिइओ, आइएमर्इ लघुवित्तमा डिसिइओ माग, साना किसानमा जागिर खुल्यो 

२०७५ भदौ २८

एनआर्इसी क्यापिटलमा सिइओ, आइएमर्इ लघुवित्तमा डिसिइओ माग, साना किसानमा जागिर खुल्यो 
एनआर्इसी क्यापिटलमा सिइओ, आइएमर्इ लघुवित्तमा डिसिइओ माग, साना किसानमा जागिर खुल्यो 


काठमाडौं। एनआर्इसी एशिया क्यापिटल र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाले माथिल्लो ब्यवस्थापनमा कर्मचारी माग गरेको छ। 

Tata
GBIME
Nepal Life

एनआइसी एसिया क्यापिटलले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ। क्यापिटलले व्यावस्थापनमा स्नातकोत्तर तथा चार्टर्ड एकाउन्टेन्ट गरेकोलार्इ प्राथमिकत दिने जनाएको छ। बैंक, वित्तीय संस्था र मर्चेन्ट बैंकमा कम्तिमा पनि ७ वर्षको कार्यानुभव हुनु पर्नेछ। 

ग्लोबल आइएमर्इ लघुवित्त वित्तीय संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत माग गरेको छ। स्नातकोत्तर गरि कम्तिमा पनि ५ वर्षको कार्यानुभव भएकाले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ। 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सक्षम परियोजनाको लागि ११ जना कर्मचारी माग गरेको छ। संस्थाले केन्द्रीय कार्यालय तथा कर्णाली प्रदेशका लागि न्युनतम एक वर्षको करार अवधिको लागि कर्मचारी माग गरेको हो। 

संस्थाले एक जाना परियोजना संयोजक सहित १० जना अनुशरण सहजकर्ता माग गरेको हो। संयोजकको लागि स्नतकोत्तर गरि न्युनतम ५ वर्षको कार्यानुभव हुनु पर्नेछ भने सहजकर्ताको लागि स्नातक गरि कम्तिमा पनि एक वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवेदकले असोज ११ गतेसम्ममा निवेदन दिनु पर्नेछ।