BIZMANDU
www.bizmandu.com

१६ लाख रुपैयाँ लगानीमा चप्पल उद्योग, दैनिक २०० जोर उत्पादन, ५ जनालाई जागिर

२०७५ भदौ १८

Tata
GBIME
Nepal Life

बागलुङ। जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ। व्यवसायी बलबहादुर खड्का र सुवास आचार्यले १६ लाखको लागतमा उद्योग स्थापना गरेका हुन्। 

चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ। उद्योगमा पाँच जनाले रोजगारी पाएका छन्। दैनिक झण्डै २०० चप्पल उत्पादन हुने गरेको सञ्चालक आचार्यले बताए। पहिलो चरणमा महिलालाई लक्ष्य गरी चप्पल उत्पादन गर्न थालिएको छ। 'सेवा र लगानी थप्ने योजना छ,' उनले भने।   

उद्योगमा लगानी थपेर ५० लाख पुर्याउने लक्ष्य रहेको आचार्य बताउँछन्। धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई लक्ष्य गरी सो उद्योग सञ्चालनमा ल्याइएको हो। 

सदरमुकाममा कक्ष राखेर चप्पल बिक्री गर्न थालिएको छ। 'माग अनुसार उत्पादन  र बजार विस्तार गर्ने योजना बनाएका छौँ,' अर्का सञ्चालक खड्काले भने। 

यसअघि सामान्य चप्पलसमेत बाहिरबाट आयात गरिँदै आएको थियो। यहाँको उत्पादन पोखरासम्म बिक्रीका लागि पठाउने गरिएको छ। भारतीय सेनाबाट अवकाश प्राप्त खड्काले स्वेदश फर्केर उद्योग खोलेका हुन्। अर्का लगानीकर्ता आचार्य पत्रकारितामा समेत  सक्रिय छन्।