BIZMANDU
www.bizmandu.com

पाँच मिनेट चार्ज गर्दा दुर्इ घण्टा कुरा गर्न सकिने फोन आयो, यो हो ‘ओपो एफनाइन’को विशेषता

२०७५ भदौ १४

पाँच मिनेट चार्ज गर्दा दुर्इ घण्टा कुरा गर्न सकिने फोन आयो, यो हो ‘ओपो एफनाइन’को विशेषता
पाँच मिनेट चार्ज गर्दा दुर्इ घण्टा कुरा गर्न सकिने फोन आयो, यो हो ‘ओपो एफनाइन’को विशेषता

Tata
GBIME
Nepal Life

काठमाडौं।ओपोको एफनाइन नेपाली बजारमा आएको छ।पाँच मिनेट मात्रै चार्ज गर्दा २ घण्टा टकटाइम दिने यो मोबाइलको मूख्य विशेषता हो।

कम्पनीका अनुसार मोबाइलमा भोक फ्ल्याश चार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन छ।सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा मोबाइल पाइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोरमार्फत विहिबारदेखि बिक्री सुरु भएको छ।ओपो एफनाइन ४जीबी को मूल्य ४१ हजार ५ सय ९० र ६जीबीको मूल्य ४५ हजार ५ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो मोबाइलमा पहिलो ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन र  ९०.८% स्क्रिन टू बडी रेसिया पृथक ग्राडियण्ट कलर छ।मोबाइलमा ३५०० एमएएच ब्याट्री रहेको छ।

‘उपभोक्ताका समस्याको उत्कृष्ट समाधान उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धि उपभोक्ताको चिन्ता निवारणमा हामी सफल हुनेमा हामी आशावादी छौँ ।’ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने।

चार गुणा तीब्र गतिको चार्जिङ क्षमताका साथै भोकमा एडेप्टरदेखि पोर्ट हुँदै फोनसम्मपुग्नु अगाडी ५ तहको सुरक्षा प्रणालीपनि जडान गरिएको छ । भोकमाभोल्टेज रिड्यूसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको कम्पनीले जनाएको छ। भोकलाई ‘कूल फास्ट चार्जिङ प्रविधि’का रुपमा स्थापित गरेको जनाउँदै भोक प्रयोग गर्दा चार्जिङ गरिरहेकै अवस्थामा फोनको प्रयोग गर्दा पनि कुनै असर नगर्ने कम्पनीले जनाएको छ ।