BIZMANDU
www.bizmandu.com

ख्याल गर्नुस, आज विजोर नम्बर भएका सवारी साधन मात्रै चलाउन पाइन्छ, चलाए ५०० जरिवाना

२०७५ भदौ १३

काठमाडौँ। विम्स्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका सबै सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू  भएको छ। आज विजोर नम्बर प्लेट भएका सवारी साधन मात्रै चल्न पाउनेछन्।
 
चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नवराज लम्सालले बताए। 
 
आज, भोलि र पर्सि  उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागू गर्ने भएको हो। 
नियम अनुसार आज विजोर सवारी साधन मात्र चल्न पाउने छन्। 
 
एसपी लम्सालले भने, 'अत्यावश्यक बाहेकका सवारी साधनमा यो नियम लागू हुनेछ।' सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेकका सवारी, कुटनीतिक नियोगका सवारीमा पनि यो नियम लागू हुने उनले बताए।
 
भोलि जोर नम्बर भएका सवारी साधनमात्र चल्ने छन्। प्रेस प्रतिनिधिलाई भने यो नियम लागू हुनेछैन।उपत्यकाभित्र मात्र १३ लाखभन्दा बढी सवारी साधन गुड्ने गरेको प्रहरीको तथ्याङक छ। यो नियम लागू भएपछि सडकमा आधा सवारी साधनको संख्या घट्ने छ।
 
नियम नमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लिइने एसपी लम्सालले बताए। 
 

Tata
GBIME