BIZMANDU
www.bizmandu.com

मिसन २ अर्ब: एसियन लाइफले १०: ६ हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रवन्धक नियुक्त

२०७५ भदौ १

Tata
GBIME

काठमाडौं।एसियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले साविक १० बराबर ६ शेयर हकप्रद निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटलार्इ नियुक्त गरेको हो।सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र बिक्री प्रबन्धककातर्फ बाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे।

कम्पनीले प्रति शेयर एक सयको दरले ७५ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्नेछ। हकप्रद शेयर निष्कासन गरेपछि कम्पनीको कुल चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ पुग्ने छ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार जीवन वीमा कोष १३ अर्ब १३ करोड रुपैयाँ रहेको छ।कम्पनीका अनुसार १२ अर्ब २९ करोड ९६ लाख रुपैयाँ लगानी गरेको छ। कम्पनीले २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत सेवा दिँदै आएको छ।