BIZMANDU
www.bizmandu.com

चिनियाँ दूतावासको अनुमति नआउँदा अण्डरपास संचालन रोकियो, सडक विभागले दूतावासलार्इ पत्र पठाउँदै

२०७५ भदौ १

Tata
GBIME
Nepal Life

काठमाडौं। चिनियाँ दूतावासको अनुमति नआएपछि कंलकीको ‘अण्डरपास वे’  शुक्रबार संचालनमा आउन सकेन्।

अण्डरपास निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघार्इ कन्स्ट्रक्सन कम्पनीले दूतावासको अनुमति नआएकोले अण्डरपास संचालनमा ल्याउन नमिल्ने जानकारी दिएको हो। सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले कन्स्ट्रक्सन कम्पनीले दूतावासको अनुमति चाहेकोले अण्डरपास संचालनमा आउन ढिलार्इ भएको बताए।

' शुक्रबार विहानदेखि अण्डरपास संचालनमा ल्याउने तयारी गरेका थियौं।तर कन्स्ट्रक्सन कम्पनीले राजदूतावासको निर्देशन पाएपछि खोल्छौं भन्ने जानकारी आएपछि हामीले अण्डरपास संचालनलार्इ केही पर सारेका हौं ' उनले थपे' हामी आजै (शुक्रबार) चिनियाँ दूतावासमा पत्र पठाउँछौं।'