BIZMANDU
www.bizmandu.com

विश्वराजलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउँदै ल्याइए लामा, ललितपुरमा पनि प्रमुख फेरिए


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ। गृह मन्त्रालयले बुधवार एसएपीहरुको सरुवा गरेको हो। भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी सरुवा गरिएको हो।

सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी विश्वराज पोखरेलको ठाउँमा एसएसपी बसन्त लामाको सरुवा भएको छ। एसएसपी पोखरेल गत माघ २८ गतेदेखि काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

एसएसपी पोखरेलले ६ महिना परिसरका रहँदा नक्कली नोट कारोबारी, गुन्डा गर्दी नियन्त्रण गरेसँगै एसएसपी पोखरेलको चर्चा सुरु भएको थियो। एक वर्ष नभइ विनाकारण सरुवा गर्न नपाइने सामान्यतया नियम भएपनि एसएसपी पोखरेल सरुवा भएका हुन।

एसएसपी लामा गत माघमा मोरङमा भएको सनम शाक्य र सुन तस्करीबारे घटना बारे छानविन गर्ने सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीका सदस्य समेत थिए।

पोखरेलको सरुवा हुँदा विवादित भक्तपुर इन्काउन्टरको नेतृत्व लिएका महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप शाहलाई भने चलाइएको छैन।

त्यसैगरी ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई सरुवा गरिएको छ।