BIZMANDU
www.bizmandu.com

बोमी माइक्रोफाइनान्सको लाभांश घोषणा, शेयरधनीले पाउने भए २५ प्रतिशत नगद लाभांश

२०७५ साउन ३०


काठमाडौं। गत वर्षको नाफाबाट वोमी माइक्रो फाइनान्स वित्तीय संस्थालेल लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको संस्थाले जनाएको छ। नेपाल राष्ट्र बैंक र संस्थाको साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीले  उक्त घोषित लाभांश पाउने छन्।

संस्थाले गत वर्षको भन्दा लाभांश दर बढाएको भए पनि यस वर्ष बोनस शेयर भन्दा नगद लाभांशमा जोड दिने निर्णय गरेको छ।

गत वर्ष संस्थाले २० प्रतिशत बोनस शेयर दिएको थियो। गत वर्ष संस्थाले तीन करोड ९५ लाख खुद नाफा गरेको थियो।

हाल संस्थाको चुक्ता पूँजी १० करोड एक लाख रुपैयाँ रहेको छ। संस्थाले जगेडा कोषमा ६ करोड ५४ लाख रुपैयाँ जम्मा गरेको छ।